एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरैन्होले स्वीडेनमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोबिचलाई क्लब ल्याउने कुनै योजना नरहेको बताएका छन् ।
अमेरिकी क्लब एलए ग्यालेक्सीसँगको सम्झौता सकिएसँगै ज्लाटन अहिले क्लब विहिन रहेका छन् । क्लब विहिन रहदा र मोरिन्होसँगको सम्बन्ध निकै राम्रो रहेको कारण ज्लाटन इन्ग्लिश क्लब फर्कने अड्कल काटिदै आएको छ ।
तर, मोरिन्होले क्लबमा ह्यारी केन जस्ता उत्कृष्ट स्ट्राइकर रहेको कारण ज्लाटन अनुबन्ध गर्नु कुनै अर्थ नहुने बताए ।
'क्लबमा ज्लाटन आउनुको कुनै अर्थ रहदैन् । हामीसँग केन छ । तर उसले विश्वको कुनै पनि क्लबमा खेल्न सक्छ । उ अनौठो खेलाडी हुन् । अनौठो व्यक्ति हुन् । तर, म मौका दिँदिन,' मोरिन्होले भने ।
३८ वर्षे ज्लाटनले मोरिन्होसँग इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा खेलिसकेका छन् ।
ज्लाटनले मोरन्होको नेतृत्वमा युनाइटेडबाट युरोपा लिग र ईएफएल कप जितेका थिए ।