काठमाडौं । सरस्वती स्कुल र वन्डरल्याण्ड इन्ग्लिश स्कुलले क्विक्स कप अन्तर विद्यालय छात्र–छात्रा राष्ट्रिय फुटबल प्रतियोगितामा जित निकालेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सरस्वतीले सिर्जना ज्ञानसागर स्कुललाई २-१ गोल अन्तरले पराजित गर्यो ।
सरस्वतीका लागि लक्ष्मण कुमार र समीर धामीले एक एक गोल गरे । सिर्जनाका सन्दीप तामाङले एक गोल फर्काए ।
वन्डरल्याण्डले गोर्खा सेकेण्डरी स्कुललाई ३-० गोल अन्तरले पराजित गर्यो । वन्डरल्याण्डलाई जित दिलाउन अश्लेश नेपाल, आशिष लावती र प्रन्जल कोइरालाले एक एक गोल गरे ।
अर्को खेलमा नेपालय इन्ग्लिश स्कुल र श्रमिक सेकेण्डरीले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।
प्रतियोगितामा पुरुषतर्फ १६ विद्यालय तथा महिलातर्फ १२ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार तथा चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।