काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमले दशरथ रंगशालामा प्रशिक्षण गरेको छ ।
साविक विजेता समेत रहेको नेपाली टोलीले सोमबार रंगशालामा प्रशिक्षण गरेको हो । नेपाली टिमले करिब साढे चार वर्षपछि रंगशाला प्रशिक्षण गरेको हो ।
बिस २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको पुननिर्माण कार्य अन्तिम चरणमा रहेपनि मैदान खेल्न योग्य बनेपछि टिमले प्रशिक्षण गरेको हो । अब रंगशालाको भीआईपीतर्फको प्यारापिटको छानो हाल्ने काम सक्न मात्र बाँकी रहेको छ ।
मंसिर १५ गतेबाट सुरु हुने १३ औं सागको उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ ।
यस्तै सागको पुरुष फुटबल र एथलेटिक्स खेल रंगशालामा हुनेछ ।


