एजेन्सी । फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेले वालेन डी ओरको अवार्ड लियोनल मेस्सीले जित्ने बताएका छन् ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार एम्बाप्पेले अर्जेन्टिनाका फरवार्ड यस बर्षको उत्कृष्ट खेलाडी रहेको बताए ।
अर्को महिना हुने अवार्डका लागि मेस्सी मुख्य दाबेदार देखिएका छन् ।
उनले सबै प्रतियोगितामा क्लबका लागि ५१ गोल गरेका थिए ।
उनकै प्ररेणादायी प्रर्दशनमा बार्सिलोनाले स्पेनिस लिगको उपाधि रक्षा गरेको थियो ।
मेस्सी सो अवार्ड पाँच पटक जितिसकेका छन् । उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा सो अवार्ड जितेका थिए ।
युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले मेस्सीलाई अवार्डमा चुनौती दिदै आएका थिए ।
तर वालेन डी ओरमा दुवैको अधिपत्यलाई तोड्दै लुका मोड्रिचले गत बर्ष अवार्ड हात पारेका थिए ।
एम्बाप्पले यस बर्षको क्यालेन्डरमा मेस्सीनै अवार्डको मुख्य हकदार भएको बताए ।
अवार्डको बिषयमा सोधिएको प्रश्नवमा एम्बाप्पले भने, 'मेस्सी, व्यक्तिगत रुपमा भन्दा उनी बर्षका उत्कृष्ट खेलाडी हुन् ।'
मेस्सीसंगै बार्सिलोनाका चार खेलाडी समेत अवार्डका लागि मनोनयनमा छन् ।
एम्बाप्पे समेत अवार्डको प्रारम्भिक सुचिमा परेका छन् । अवार्डको घोषणा डिसेम्बर २ मा हुनेछ ।