एजेन्सी । कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ६ महादेशको ७ टिमको टुंगो लागेको छ ।
एएफसी च्याम्पियन्स लिगको उपाधि जित्दै साउदी अरेबियाको अलहिलाल एफसी छनोट भएसँगै क्लब विश्वकप खेल्ने ७ टिमको टुंगो लागेको हो ।
आइतबार भएको फाइनलमा जापानको उरावा रेड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अलहिलालले उपाधि जितेको थियो ।
अब क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ब्राजिलको फ्लामेन्गो, ट्युनिसियाको एस्पेरान्स डी टुनिस, मेक्सिकोको मोन्टेरे र
न्यु क्यलेडोनियाको हिएन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
दोहामा आयोजना हुने क्लब विश्वकप फुटबल डिसेम्बर ११ बाट २२ सम्म संचालन हुनेछ ।