एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) म्यानचेस्टर युनाइटेडले नव प्रवेशी क्लब सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेडले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ । सेफिल्ड र युनाइटेडबीचको खेल राति १०:१५ मा सुरु हुनेछ ।
सेफिल्डविरुद्ध मैदान उत्रदा युनाइटेड सहज जितको खोजीमा हुनेछ । तर, सेफिल्डविरुद्ध युनाइटेडलाई सहज जित निकाल्न कठिन चुनौती भने रहेको छ ।
यस सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको युनाइटेड १२ खेलमा १६ अंक जोडेर १० औं स्थानमा रहेको छ । १७ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ ।
युनाइटेड सेफिल्डलाई हराउँदै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ । सेफिल्ड पनि युनाइटेडलाई स्तब्ध पार्दै अंक तालिका सुधार्न चाहन्छ ।
यस्तै अर्को खेलमा एस्टन भिल्लाले न्युकासल युनाइटेडसँग खेल्नेछ ।