एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिष्टलको मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।
क्रिष्टलका विल्फ्रिड जाहाले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा जाहाले गोल गर्दै क्रिष्टललाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । लिभरपुलले १३ खेलबाट ३७ अंक जोडेको छ । १५ अंक जोडेको क्रिष्टल १३ औं स्थानमा रहेको छ ।