एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा वायर्नले फोर्टुना डुसेलड्रोफलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
फोर्टुनाको मैदानमा वायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिपे कौटिन्होले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा पाभर्टले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा टोलिस्सोले गोल गर्दै वायर्नलाई २-० को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा सेर्गीले गोल गर्दा पहिलो हाफमा वायर्न ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा कौटिन्होले गोल गर्दै वायर्नलाई ४-० को जित दिलाए ।
जितसँगै वायर्नले १२ खेलबाट २४ अंक जोडेको छ । र, वायर्न लिगको दोस्रो स्थानमा रहेको छ ।
फोर्टुना ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।