पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर द्रुतगतिमा निर्माण भईरहेको पोखरा रंगशालाको ग्यालरी ‘सी’ तर्फको प्यारापिट र प्यारापिटमा सिट राख्ने काम सकिएको छ ।
रंगशालाको ग्यालरी ‘सी’ तर्फ दुई रंगको सिट राखिएको छ । जसमा रातो र निलो रहेको छ । रंगशालाको नवनिर्मित प्यारापिटमा नेपालको झण्डासँग मिल्ने रंगको सिट राखिने छ ।
पोखरा रंगशालामा करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिनेछ ।
मैदानको लागि आवश्यक दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन् ।
साग अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुनेछ ।
महिला फुटबल मंसिर १७ गते देखि २४ गतेसम्म हुनेछ । प्रतियोगितामा ४ राष्ट्रको सहभागिता रहेको छ । महिला फुटबलमा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।