एजेन्सी । स्पेनिस लिगमा बार्सिलोनाले लेगानेसलाई २–१ गोल अन्तरले हराएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले पुछारको टिमविरुद्ध संघर्षपूर्ण जित निकालेको हो ।
युसुफ इन नेश्यरीले १२ औ मिनेटमा घरेलु टोली लेगानेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५३ औ मिनेटमा लुईस स्वारेजको गोलमार्फत बार्सिलोना खेलमा फर्किएको थियो ।
अतुर्रो भिडालले ७९ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिडालले गोल गरेका हुन् ।
जितसंगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा यथावत छ । लेगानेस ६ अंक सहित तालिकाको पुछारमा छ ।