काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा साविक विजेता भ्याली च्यासल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
पुलिसको जितमा सुमन लामाले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा सुमनले निर्णायक गोल गरेका थिए ।
खेलमा गोलकर्ता पुलिसका सुमन म्यान अफ दि म्याच घोषित भए ।
अब पुलिसले फाइनल प्रवेशका लागि ब्रिगेट ब्वाइज क्लब (बीबीसी) सँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।
सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।