काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेलेको छ ।
शनिबार भएको खेलमा साविक विजेता जकार्ताले अरिमासँग १-१ गोलको बराबरी खेलेको हो ।
अरिमाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा जकार्ताले बराबरी खेलेको हो ।
खेलको ७६ औं मिनेटमा मार्को सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए । यस अघि पहिलो हाफमा सिमिक पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
तर, खेलको ८६ औं मिनेटमा माकन कोनाटेले गोल गर्दै अरिमालाई हारबाट जोगाए ।
बराबरीसँगै जकार्ताले २८ खेलबाट ३५ अंक जोडेको छ । र, जकार्ता लिगको ११ औं स्थानमा रहेको छ ।
अरिमा ४२ अंक जोडेर लिगको पाँचौ स्थानमा रहेको छ ।