• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
साग विशेष : स्वर्णका लागि 'तड्पिएको' महिला फुटबल
नमीन ढकाल
बुधबार, मंसिर ४, २०७६ नमीन ढकाल
साग विशेष : स्वर्णका लागि 'तड्पिएको' महिला फुटबल

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबलको सुरुवात भएको धेरै भएको छैन ।

अझ भनौ महिला फुटबलको इतिहास धेरै लामो छैन । सन् १९८४ बाट सुरु भएको सागको १३ औं संस्करण नजिकै आईपुग्दा महिला फुटबल जम्मा दुईपटक आयोजना भयो ।

सन् १९८४ सालमा पहिलो पटक तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहको अवधारणामा सुरु भएको साग आयोजनाको अवसर ‘अल्फावेट’को रुपमा बंगलादेशले पाएको थियो ।

तर उसले पुर्वाधारको समस्या देखायो । त्यसपछि पहिलो संस्करणको साग नेपालमै भयो । सुरुवाती संस्करणमै फुटबलको सहभागीता निश्चित गरियो । तर पुरुष स्पर्धामात्र समावेश गरियो ।

महिला फुटबल धेरै पछि मात्र सुुरु भयो । साग सुरुवातको ३२ बर्षपछि नेपालले तेस्रो पटक महिला फुटबलमा सहभागिता जनाउँदैछ ।

१३ औं सागको महिला फुटबल पोखरामा हुँदैछ । तयारी समेत पोखरामै भईरहेको छ ।

पोखरा रंगशाला बन्ने क्रममा छ । मैदानको दुबो बिग्रिएर बनाउन सकिने अवस्थामै छैन । प्यारापिट र सेन्थेटिक ट्रयाक बन्नै बाँकी छ । अपुरो रंगशालाको काम देखेर महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्का भने चिन्तित छन् ।

महिला टिमले खेल हुने मैदानमा तयारी गर्न पाएका छैनन् । प्रशिक्षक खड्का खेल हुनु केही दिनअघि मात्र भएपनि मैदानमा खेलाडीलाई अभ्यास गराउन चाहन्थे ।

इतिहास

सागको ३२ वर्षको ईतिहासमा जम्मा दुई पटक महिला फुटबलले सहभागीता जनाएको छ । बंगलादेशको राजधानी ढाकामा भएको ११ औं सागमा पहिलो पटक महिला फुटबल राखिएको थियो । २०१६ मा भारतको सिलोङ्ग र गुहावटीमा भएको १२ औं सागमा महिला फुटबल दोस्रो पटक राखिएको थियो ।

दुवै संस्करणमा नेपाल उपविजेतामा सिमित रह्यो । दुवै पटक नेपाल फाईनलमा भारतसंग पराजित भएको थियो ।
पहिलो पटक ढाकामा ३–१ ले भारतसंग हारेको नेपाल सिलोङ्गमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

तयारी

हरि खड्काको नेतृत्वमा रहेको महिला फुटलब टिमले सागको तयारी साउनको दोस्रो साताबाट सुरु गरेको थियो ।

सुरुवातमा ४२ खेलाडीले प्रशिक्षण सुरु गरेका थिए । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा तयारी सुरु गरेको महिला टिम भदौको तेस्रो साता कीर्गिस्तानमा भएको नादेझ्दा कपमा सहभागीता जनाएको थियो । १८ खेलाडी सम्मिलित नेपाली टिम प्रतियोगितामा उपविजेता बन्यो ।

त्यसपछि स्वदेश फर्किएको टिमले पोखरामा तयारी गरिरहेको छ ।

मुख्य प्रशिक्षक हरिले केहि साता अघि मात्रै निरु थापाको नेतृत्वमा २० सदस्यीय खेलाडीको घोषणा गरेका छन् ।

‘तयारी राम्रो भएको छ । पछिल्लो समय कीर्गीस्तानमा प्रतियोगिता खेल्यौं । कमी कमजोरीलाई सुधार गरेको छौं ।’ उनी भन्छन् ।

सावित्रा भण्डारी अर्थात साम्बा, दक्षिण एसियाकै सर्वोकृष्ट महिला फरवार्ड नेपाली टिममा रहनु नेपालका लागि फाईदाको बिषय हो । सावित्रा मैदानमा हुने बित्तिकै नेपालको आक्रमण लाईन बलियो देखिन्छ ।

पुर्व कप्तान अनु लामाको सर्बाधिक गोल (३५) बराबरी गरेकी सावित्रा टिममा रहनु नेपालका लागि सबल पक्ष हो । जुन कुरा प्रशिक्षक खड्का सहर्ष स्विकार्छन् ।

‘सावित्रा हुनु धेरै राम्रो कुरा हो । जसले गर्दा विपक्षीलाई दबाब दिन धेरै सहज हुन्छ । अनिता पनि पछिल्लो समय भारतमा गएर खेलेका कारण केहि सहज पक्कै हुनेछ ।’ खड्का भन्छन् ।

पछिल्लो भारतीय आईलिग विजेता सेथु क्लबमा सावित्रा र अनिता बस्नेतले खेलेका थिए । उनीहरुले पहिलो पटक भारतीय खेलाडीलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए ।
भारतको अनुभवले सागमो फाईनलमा भारतविरुद्व भिड्दै गर्दा नेपाललाई रणनीति बनाउन केही सहज पक्कै हुनेछ । उपाधिका लागि लामो समय तड्पिएको महिला फुटबलले नयाँ ईतिहास रच्न सक्नेछ ।

चुनौती

नेपालको महिला फुटबलको सदाको चुनौतीनै भारत हो । सन् २०१० र १६ दुवै संस्करण नेपाली टिम भारतसँग फाइनलमा चुक्न पुग्यो ।

सुरुवाती गोल गरेपनि नेपाली टिम भारतसँग पराजित हुँदै आईरहेको छ । पछिल्लो समय महिला फुटबलमा ठुलो लगानी गरेको बंगलादेश पनि नेपाली टिमको लागि चुनौती बन्न सक्छ ।

‘मुख्य चुनौती भनेको भारत हो । यसअघि पनि भारतसँग पराजित भएका छौं ।’ प्रशिक्षक खड्का थप्छन्, ‘बंगलादेश पनि पछिल्लो समय राम्रो भैरहेको छ । सबै टिमलाई सम्मान गरेर अगाडि बढ्छौं ।’

पदकको आशा

मुख्य प्रशिक्षक खड्का पहिलो पटक महिला फुटबल टिमलाई स्वर्ण पदक जिताउने लक्ष्यका साथ तयारी गरिरहेको बताउँछन् । घरेलु भूमीमा हुने सागमा महिला टिमलाई स्वर्ण जिताउन आफु तयार रहेको उनले खेलपाटीलाई बताए ।

‘यस पटक घरेलु मैदानमा स्वर्ण पदकका लागि खेल्छौं । खेलाडी पनि तयार छन् । खेलाडीको स्तर उच्च छ । फिटनेशमा पनि खेलाडी पुर्ण तयार रहेकाले स्वर्ण पदकका लागि खेल्छौ ।’ उनले थपे ।

नेपाली टिम :

गोलरक्षक - एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर - गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मन माया लिम्बु, पुजा राना
मिडफिल्डर - रेनुका नगरकोटी, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमरी योञ्जन, बिमला चौधरी
स्ट्राइरक - सावित्रा भण्डारी, अनिता केसी, निरु थापा (कप्तान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
खेलाडीको नगरपरिक्रमा आज
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP