• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
अब संकटाको आफ्नै फुटबल मैदान
नमीन ढकाल
सोमबार, मंसिर २, २०७६ नमीन ढकाल
अब संकटाको आफ्नै फुटबल मैदान
संकटाकाे नवनिर्मित मैदान । फाेटाे : खेलपाटी

काठमाडौं । 'ए' डिभिजन क्लब संकटाको फुटबल मैदान तयार भएको छ । काठमाडौंको रैथाने क्लब संकटाले भक्तपुरको पलासेमा नयाँ मैदान तयार पारेको हो ।

एएफसीले आफ्ना सदस्य राष्ट्रका शीर्ष डिभिजनका क्लबलाई सन् २०२० भित्र ए लाईसेन्स मान्यता प्राप्त बनाउन निर्देशन दिएको छ । त्यसका लागि क्लबको आफ्नै मैदान पहिलो मुख्य शर्त हो ।

सोही अनुसार संकटाले ए लाईसेन्सको प्रक्रियामा जान मैदान तयार गरेको हो ।

संकटाले करिब ३१ रोपनी जग्गा भाडामा लिएको छ । मैदानलाई सम्याएर दुबो उमारिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर २८ गते ए डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ । लिग अगावै संकटाले आफ्नै मैदान तयार गरेको हो । यसै साता एक कार्यक्रमको आयोजना गरेर संकटाले मैदान उद्घाटनको तयारी गरेको छ ।

‘शनिबार मैदान उद्घाटनको तयारी छ । लिगको नजिक छौं । आफ्नै मैदानमा तयारी गर्दा राम्रो हुन्छ ।’ एन्फाका महासचिव समेत रहेका क्लब अध्यक्ष इन्द्रमान तुलाधरले खेलपाटीसँग भने ।

नेपाली फुटबलमा ६ दशकको लामो इतिहास बोकेको संकटाले ३१ रोपनी जग्गा १५ वर्षको भाडामा लिएर मैदान निर्माण गरेको हो । क्लबले स्थानिय जग्गा धनीलाई मासिक ९१ हजार भाडा दिनेछ ।

मैदानसंगै संकटाले ५ वर्षभित्र युथ एकेडेमी पनि तयार पार्ने तयार गरेको छ ।

जग्गा भाडामा लिएको २ वर्षमा क्लबले मैदान तयार पारेको हो ।

क्लबले ५ वर्षभित्र मैदान सहित एकेडेमी तयार पार्ने गुरुयोजना बनाएको थियो । सोही अनुसार संकटाले अबको डेढ बर्षमा एकेडेमी, चेन्जिङ रुप लगायतका पुर्वाधार निर्माण गर्ने बताएको छ ।

गत वर्षको लिग रेलिगेशन बिना सम्पन्न बन्यो । संकटा उपविजेता भयो । नयाँ सिजनको लिग रेलिगेशन सहितको हुनेछ ।

‘अहिले मैदान मात्रै तयार भएको छ । मैदानमा हुनुपर्ने अन्य पुर्वाधार तयार भएको छैन । घरेलु फुटबलमा होम एण्ड अवे अवधारणा भएको छैन । यो बर्ष मैदानमा कुनै खेल हुनेछैन । मैदान बनाउने काम पनि चलिरहेको छ । घर भाडामा लिएका छौं । त्यो खेलाडीका लागि प्रयोग हुन्छ ।’ तुलाधरले भने ।

तीन पटकको लिग च्याम्पियन संकटाले अहिले आफ्नै भवन तयार पार्दैछ । पौने २ आनामा बन्दै गरेको भवनले समेत अन्तिम रुप पाउँदैछ । पाँच तलाको बन्दै गरेको भवनमा खेलाडी होस्टेल पनि रहनेछन् ।

काठमाडौंको रैथाने क्लब भएपनि आफ्नै भवन बनाउन नसकेको संकटाले अब क्लबलाई परिस्कृत बनाउने तयारी गरेको छ । उसले विगत तीन बर्षबाट खेलाडीहरु क्लबमा अनुबन्धन गरेर राखेको छ ।

संकटाले आफ्नौ ५० औ बर्षगाँठमा क्लबको नाम परिवर्तन गर्यो । संकटा ब्वाईज स्पोर्टस् क्लबबाट संकटा क्लबमा रुपान्तरण भयो । तर जब नाम परिवर्तन भयो, उसले लिग जित्न सकेको छैन ।

उसले सन् १९८०, ८३ र ८५ मा लिग जितेको थियो ।

क्लबले भक्तपुरमा रहेको क्लबको मैदानमा खेलाडीलाई दैनिक प्रशिक्षण गराउने योजना बनाएको छ । जसमा स्कुले बालबालिका समेत खेल्न पाउनेछन् । जसबाट क्लबको आर्थिक हैसियत समेत उकासिने लक्ष्य राखिएको छ । हाल एन्फाले आफ्नो टेक्निकल सेन्टरमा साताको अन्तिम दिन बालबालिकालाई शसुल्क प्रशिक्षण गराउने गरेको छ । संकटाले अब त्यही सुत्रलाई पछ्याउनेछ ।

२००८ सालमा स्थापित संकटाको आर्थिक हैसियत करिब १ करोडमाथि रहेको क्लबको भनाई छ । जो अरु क्लबको तुलनामा राम्रो मानिन्छ ।

अब उसले फुटबल लिगमा मात्र खर्च गर्नेछैन । लिग जित्न कुनैसमय मोटो रकम खर्चिदा आर्थिक भारले थलिएको संकटा भुक्तभोगी आफै छ ।

सोही कारण संकटाले अब ठुला खेलाडीमा आँखा नलगाउने संकेत गरेको छ । नयाँ सिजनको लिगको लागि एपीएफबाट खेल्दै आएका मिडफिल्डर राजेन्द्र रावल र गोलरक्षक विनय श्रेष्ठलाई संकटाले टिममा थपेको छ ।

संकटासँग अहिले राष्ट्रिय टिममा दुई खेलाडी छन् ।

डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटाले नयाँ सिजन ठुला खेलाडी ल्याउने छैन ।

‘हामी अघिल्लो सिजननै दोस्रो भएको छौं । झन खेलाडी थप्यो भने प्रथम होला भन्ने डर छ ।’ ब्याङ्गयात्मक शैलीमा उनले भने, ‘अन्धाधुन्दा खर्च गरेर काम छैन । पहिलेको जस्तै हुन्छ । क्लबको आर्थिक स्थिती करोडमाथिको छ । एन्फा, महानगर र प्रायोजकबाट आएको पैसा फुटबलमै खेर फालेर हुन्न । फेरि पुरानै दिनमा फर्कन पर्ने अवस्था हुन्छ । जति आम्दानी छ । त्यसको आधा मात्र खेलाडीमा खर्च गर्ने हो ।’

संकटाले नयाँ सिजनका लागि प्रशिक्षकमा विजय महर्जन र सल्यान खड्गीलाई जिम्मेवारी दिएको छ । गोलरक्षक प्रशिक्षकमा भने अजय महर्जन रहनेछन् ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP