प्रणव र प्रदीपले शेख रसेल अन्तर्राष्ट्रिय टेनिस खेल्ने
आइतबार, कार्तिक २४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । शेख रसेल अन्तर्राष्ट्रिय क्लब कप टेनिस प्रतियोगितामा सहभागी हुन प्रणव खनाल र प्रदीप खड्का सोमबार बंगलादेशको ढाका जाने भएका छन् ।
नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ ।
दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट खेलाडी हुन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)









