काठमाडौं । एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले अहिले घरेलु टिम इरानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पीएएस रंगशालामा जारी खेलको दोस्रो हाफ चलिरहदा नेपाल इरानसँग १-० ले पछाडी परेको छ । खेलको ७७ औं मिनेटमा नेपालले कर्नरमा गोल खाएको हो ।
डिफेन्सिभ खेल खेलेको नेपालले पहिलो हाफमा भने इरानलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।
छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानसँग खेलिरहेको हो ।
पहिलो खेलमा हार व्यहोरेको नेपाल इरानविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । बलियो टोली इरान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो । इरानले आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३ – ० गोल अन्तरले पराजित गरेको थियो ।