एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
मंगलबार, बैशाख ३०, २०८२खेलपाटी संवाददाता

धनकुटा। मोरङको एलएक्स फुटबल क्लब मंगलबार राजारानी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनकुटाको राजारानीमा जारी प्रतियोगितामा डाँडाबजार फुटबल क्लबलाई २–० ले पराजित गर्दै एलएक्सले अन्तिम चारको यात्रा तय गरेको हो । ६ मिनेटमा अभिषेक ठकुरीले गोल गर्दै एलएक्सलाई अग्रता दिलाए । ५१औं मिनेटमा अरुण तामाङले गोल गर्दै जित सुनिश्चित गरे।
खेलको म्यान अफ द म्याच विजेता टिमका प्रदीप लामा घोषित भए । बुधबार बिर्तामोड युनाइटेड झापा र सहलेश क्लब सिराहबीच खेल हुनेछ।













