काठमाडौं। शीर्ष डिभिजनमा उक्लिन श्री भगवती क्लबले अझै कुर्न पर्ने भएको छ।
एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेपछि भगवतीले अर्को खेलसम्म कुर्नुपर्ने भएको हो।
यो नितजासँगै दोस्रो स्थानमा रहेको भगवतीले ११ खेलमा २३ अंक जोडेको हो। यता, समान खेलबाट मध्यपुर १२ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ। मध्यपुरले तत्कालका लागि रेलिगेसन क्षेत्र पनि छाडेको छ।
भगवतीका विक्रन्तनरसिंह राना र मध्यपुरका लागि साहिल केसीले गोल गरे। १९औं मिनेटमा विक्रन्तको गोलमार्फत भगवतीले सुरुआती अग्रता लिएको थियो।
६१औं मिनेटमा साहिलले मध्यपुरलाई खेलमा फर्काउँदै हार टारे।