पथरी। झापाको बिर्तामोड युनाइटेड बुधबार राजारानी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सहलेश युथ क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै बिर्तामोडले अन्तिम चारको यात्रा तय गरेको हो। निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।
ट्राइब्रेकरमा सहलेशका आदित्य शाक्यले मात्रै गोल गरे। बिर्तामोडका आशिष चापागाई र विक्रम तामाङले गोल गरे। सहलेशका जय गुरुङ र दीपेश घलेको प्रहार बिर्तामोडका गोलकिपर अभिषेक बरालले बचाए। आशिष गुरुङ र प्रवेश दनुवारको प्रहार बाहिरियो।
बिर्तामोडका अभिषेक गुरुङको प्रहार बाहिँरिदा दिवश उराउ र प्रशान्त लक्क्षमको प्रहार सहलेशका गोलकिपर प्रदीप भण्डारीले बचाए। बिर्तामोडका गोलकिपर बराल म्यान अफ द म्याच घोषित भए।