एजेन्सी । प्रिमियर लिग क्लब स्टक सिटीले नर्दन आयरल्याण्डका प्रशिक्षकलाई माईकल ओ'नीललाई नयाँ व्यवस्थापकमा नियुक्त गरेको छ ।
नर्दन आयरल्याण्डलाई युरो कप हुदै विश्वकप छनोटको संघारमा पुर्याएका ओ'नीललाई स्टकले नयाँ प्रशिक्षकको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।
स्टक सिटी सम्हाल्ने अवसर पाएका ओ'नीलले युरो छनोट अन्तर्गत नर्दन आयरल्याण्डका बाँकी दुई खेल र आवश्यक परेमा प्ले अफसम्म टिमलाई नेतृत्व प्रदान गर्नेछन् ।
प्रिमियर लिगको पुछारमा रहेको स्कट सिटीले क्लबलाई लयमा ल्याउने जिम्मेवारी सहित ओनीललाई नेतृत्व प्रदान गरेको हाे ।
गत नोभेम्बर एकमा क्लबले प्रशिक्षक नाथन जोन्सलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । ओ'नीलले उनै नाथनलाई क्लबमा प्रतिस्थापन गर्नेछन् ।
उनले निकै कम जनसंंख्या रहेको आईरिस टिमलाई युरो २०१६ सम्म पुर्याएर चर्चामा आएका थिए ।



उनी सन् २०११ मा नर्दन आयरल्याण्डको प्रशिक्षकमा नियुक्त भएका थिए ।
ओनील स्टकको नयाँ प्रशिक्षकमा नियुक्त हुने बित्तिकै शुक्रबार बिहान क्लबको प्रशिक्षणमा सहभागी भएका थिए ।
बिहिबार बिहान आईरिस फुटबल संघले स्टक सिटीले ओ'नीलसंग छलफल गर्न अनुमती मागेको बताएको थियो ।
आईरिस टिम प्लेअफमा स्विटजरल्याण्डसंग पराजित हुदै विश्वकप छनोटमा असफल भएको थियो । नर्दन आयरल्याण्ड सन् २०२० को युरो छनोटमा निकै बलियो अवस्थामा छ ।
उसले छनोटको सुरुवाती चार खेलमा जित निकालेको छ । तर जर्मनी र नेदरल्याण्डसंग पराजित भएपछि समूह सीको तेस्रो स्थानमा छ ।
प्रिमियर लिगमा स्टक सिटी निकै खराब लयमा छ । क्लबले प्रिमियर लिगका सुरुवाती १५ खेलमा दुईमा मात्र जित निकालेको छ ।