कार्कीले रामजानकी मन्दिरसम्म दौडने

काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्की लतिलपुरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् ।
कार्कीले मंसिर १२ गते गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गोदामचौरमा आफनै लगानीमा निर्माण गरेको हनुमान मन्दिर हाताबाट दौड सुरु गर्ने छन् । कार्की पनि गोदामचौर निवासी हुन् ।
चारदिनमा दौड पूरा गर्ने कार्कीले जानकारी गराए । दौडबाट संकन हुने रकम सामाजिक कार्यका लागि प्रदान गर्ने कार्कीले बताए ।
यसअघि कार्की दौडेर ७५ जिल्ला पुगिसकेका छन् । काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक दौड पूरा गरेका कार्कीले काठमाडौंदेखि भारतको विभिन्न स्थान र काठमाडौंदेखि भुटानसम्म पनि दौडेका छन् ।
कार्कीले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन, अन्नपूर्ण ट्रेल रेस (१०० किमि) लगायत विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।
मुख्य प्रायोजनाका लागि रुसलान एफएमसंग कुरा भइरहेको कार्कीले जानकारी दिए ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


