एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
युरोकप छनोट अन्तर्गत अजरबैजान र हंगेरीविरुद्धको खेलका लागि वेल्सले घोषणा गरेको टिममा बेल अटाएका छन् ।
बेल गत महिना क्रोएसियासँगको खेलपछि टिम बाहिर रहदै आएका थिए । उक्त खेल १-१ को बराबरी भएको थियो ।
यस्तै युभेन्ट्सका मिडफिल्डर आरोन रामसेले पनि टिममा पुनरागमन गरेका छन् । चोटका कारण रामसे गत अक्टोबरबाट टिममा थिएनन् ।
युरो छनोट अन्तर्गत वेल्सले नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने छ । यस्तै १९ नोभेम्बरमा हंगेरीसँग खेल्नेछ ।