• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विदाइ लिँदै मेसी
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
विदाइ लिँदै मेसी

काठमाडौं। कप्तान लिओनल मेसीले यस हप्ता आफ्नो अन्तिम विश्वकप छनोट खेल अर्जेन्टिनामै खेल्ने भएका छन्। त्यहीबेला दक्षिण अमेरिकाका चार टोली भने अझै २०२६ विश्वकपका बाँकी स्वचालित स्थानका लागि संघर्ष गरिरहेका हुनेछन्।

३८ वर्षीय मेसीले बिहीबार ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध मैदान ओर्लिँदैछन्। उनले यसलाई निकै विशेष खेल बताएका छन्। यो खेलमा उनका पत्नी, सन्तान, आमा–बुबा र दाजुभाइ/दिदीबहिनी सबै उपस्थित हुनेछन्।

‘यो मेरो लागि निकै विशेष हुनेछ, किनभने यो मेरो अन्तिम छनोट खेल हो। यसपछि मैत्रीपूर्ण वा अन्य खेल हुने हो कि होइन, थाहा छैन,’ आठ पटक बालोन डि’ओर जितेका मेसीले गत सातैता भनेका थिए।

अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले बुधबार पत्रकारसँग भने,‘यदि साँच्चिकै यो अन्तिम छनोट खेल हो भने यसलाई भावुक, विशेष र सुन्दर रूपमा लिनुपर्छ। हामीलाई यो क्षणको आनन्द लिनै पर्छ।’

पहिल्यै ३५ अंकसहित शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ। बाँकी स्वचालित स्थानका लागि अझै चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

२५–२५ अंकसहित इक्वेडर र ब्राजिलले विश्वकप यात्रा सुनिश्चित गरिसकेका छन्। त्यसपछि उरुग्वे र पेराग्वे २४–२४ अंकमा छन् भने कोलम्बिया २२ अंकसहित पाँचौं स्थानमा छ। 

१८ अंक जोडेको भेनेजुएलाको भने पहिलोपटक विश्वकप खेल्ने सपनामा अझै जीवितै राखेको छ। इक्वेडरको पुनरागमन यस अभियानको सबैभन्दा रोचक कथा बनेको छ। खेलाडी योग्यतासम्बन्धी विवादका कारण तीन अंक कटौती भए पनि विश्वकप स्थान सुरक्षित गर्न सफल भए।

ब्राजिलको यात्रा भने अलि अस्थिर रह्यो। अर्जेन्टिनासँग ४–१ को हारपछि प्रशिक्षक डोरिभाल जुनियरलाई हटाइयो र कार्लो एन्चेलोटीले इक्वेडरसँग ०–० को खेलमा प्रशिक्षकको रूपमा डेब्यु गरे।

यस छनोटमा धेरै ऐतिहासिक क्षणहरू पनि बने। नोभेम्बर २०२३ मा कोलम्बियाले पहिलो पटक ब्राजिललाई पराजित गर्दै २–१ को जित हात पारेको थियो। सेप्टेम्बर २०२४ मा पेराग्वेसँग ०–० को बराबरी खेल्दा उरुग्वेका कप्तान लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएका थिए।

बिहीबारका खेलहरूमा पेराग्वे–इक्वेडर, अर्जेन्टिना–भेनेजुएला, उरुग्वे–पेरु, कोलम्बिया–बोलिभिया र ब्राजिल–चिली भिड्नेछन्। यदि बाँकी सबै स्पष्ट भइसकेन भने अन्तिम खेल अर्थात् सेप्टेम्बर ९ मा स्वचालित विश्वकप स्थानका लागि अन्तिम टुंगो लाग्नेछ। 

आउँदो वर्ष जून–जुलाईमा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले विश्वकपको आयोजन गर्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
प्रिमियर लिगमा अब इटालीका ११ खेलाडी
विदाइ लिँदै मेसी
विदाइ लिँदै मेसी
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP