काठमाडौं । ए डिभिजन क्लब फ्रेन्ड्सले तीन ब्राजिलियन खेलाडीलाईं अनुबन्धन गरेको छ ।
नयाँ सिजनको शहिद स्मारक ए डिभिजन लिगका लागि क्लबले तीन ब्राजिलियन खेलाडी ल्याएको हो ।
भारतीय बजारमा भविष्य खोज्न तीन ब्राजिलियन खेलाडी नेपाली क्लबमा पसेका हुन् ।
फ्रेन्ड्स आबद्व तीन खेलाडीमा फिलिप डी सुजा, वाग्नर डी कर्मा र साउलो डी अक्युनो रहेका छन् ।
फिलिप फरवार्ड, वाग्नर आक्रमक मिडफिल्डर र साउलो डिफेन्स पोजिसनबाट खेल्नेछन् ।
तीन जनै खेलाडीलाई फ्रेन्ड्सले एक बर्षका लागि अनुबन्धन गरेको छ ।
पारिश्रमिकको बिषय गोप्य राखिएको छ ।
भारतीय फुटबल बजारमा पुग्ने लक्ष्य सहित तीन खेलाडी फ्रेन्ड्समा आबद्व भएका हुन् । नेपाली क्लबमा खेल्दै तीनै जना भारतीय क्लबमा छिर्ने कोशिश गर्नेछन् ।
तर तीनै जना खेलाडी एक बर्ष फ्रेन्ड्सबाट खेल्ने क्लबका कोषाध्यक्ष शेखरबहादुर क्षेत्री खेलपाटीलाई बताए ।
‘करिब चार महिनादेखि प्रयास गरिरहेका थियौ । उनीहरुको मुख्य नजर भारतीय फुटबलमा छ ।’ क्षेत्रीले खेलपाटीसंग भने, ‘नेपाल हुँदै भारतीय फुटबलमा प्रवेश गर्न ब्राजिलियन खेलाडीलाई सजिलो हुने भएकाले एक सिजन फ्रेन्ड्समा ल्याउन सम्भव भएको हो ।’
क्षेत्रीका अनुसार ब्राजिलबाट आएका तीनै जना खेलाडी शीर्ष श्रेणीका हुन् ।
नयाँ सिजनको ए डिभिजन लिग मंसिर २८ बाट सुरु हुदैछ ।