एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले क्लब छाड्ने अनुमती मागेका छन् ।
स्पेनको राजधानीमा खराब दिन बिताईरहेको बेलले क्लब छाड्न चाहेका हुन् ।
स्पेनबाट प्राप्त रिपोर्ट अनुसार बेलले आगामी जनवरीमा आफुलाई छाड्न क्लब समक्ष आग्रह गरेका छन् ।
उनी गत समरमै चाईनिज क्लब जान चाहेका थिए । तर अन्तिम समयमा रियलले उनलाई रोकेको थियो ।
बेल आगामी सरुवा बजारमा रियलबाट बाहिर निस्कन चाहेका छन् ।
रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानसंगको सम्बन्धले उनकाे रियल बसाई सुखद हुन सकेको छैन ।

तर उनका एजेन्ट जोनाथन वर्नेटले समेत बेल रियलमा खुसी रहेको भन्दै सिजनको अन्तिमसम्म उनी क्लबमा रहन सक्ने संकेत गरेका थिए ।
रियलमा बेलको सम्झौता सकिन अझै तीन बर्ष बाँकी छ ।
क्लबका सफल खेलाडी उनले प्रशिक्षकसंगको सम्बन्धका कारण खासै अवसर पाउन सकेका छैनन् ।
क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसंगै रियललाई बेलले अगाडी बढाउन सक्ने अनुमान गरिएको थियो । तर अस्थिर प्रर्दशन र निरन्तर बल्झिरहने चोटले बेलले रियलमा एक्लो प्रभाव जमाउन भने सकेनन् ।
वेल्सका अन्तराष्ट्रिय स्टार अब मड्रिड बसाई छोट्याउने निर्णयमा पुगेका हुन् ।