डच ओलम्पियनलाई जेल सजाय
मंगलबार, कार्तिक १९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । डच एथलेटिक्स खेलाडी मेडिया घाफोरलाई साढे आठ वर्षको जेल सजाय सुनाइएको छ ।
लागूऔषधको तस्करी र बेचबिखनको अभियोगमा घाफोरलाई जेल सजाय तोकिएको हो ।
डच ओलम्पियन समेत रहेकी घाफोर गत जुनमा लागूऔषधसहित जर्मनीमा पक्राउ परेकी थिइन् । एल्टन सिमानाको चेकजाँचको क्रममा उनको कारमा २ मिलियनको लागूऔषध भेटिएको थियो ।
२७ वर्षे घाफोर रियो ओलम्पिकमा ४ गुणा ४ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।
विश्व एथलेटिक्सको ४ सय मिटर दौडको वरियतामा घाफोर ३१ औं स्थानमा छिन् ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


