एजेन्सी । टोटेनहमले मिडफिल्डर सन ह्युङ मिनले पाएको रातो कार्डको बिषय अपिल गरेको छ ।
प्रिमियर लिग फुटबलमा आईतबार सनको ट्याकलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले चोट बोकेका थिए ।
खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया गरिएको छ ।
गुडसिन पार्कमा गोमेजलाई गम्भिर चोट लागेपछि सन निकै चिन्तित देखिएका थिए ।
रेफ्री मार्टिन एटकिनसनले सुरुमा पहेलो कार्ड हुँदै रातो कार्ड देखाएर सनलाई मैदान बाहिर पठाएका थिए ।
टिभीको रिप्लेमा सन अगाडीनै गेम्स सर्ज औरियरसंग ठोक्किन पुगेको देखिएको थियो ।
टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्ना फरवार्डको गोमेजलाई घाईते बनाउने कुनै सोच नभएको बताएका छन् ।
'यो स्पष्ट छ कि समस्या सिर्जना गर्ने सनको कुनै मनसाय छैन । उनले रातो कार्ड खानु नसोचिएको बिषय हो ।' उनले भनेका छन् ।
यदी अपिल असफल भएका सनले प्रिमियर लिगमा सेफिल्ड युनाईटेड, वेस्ट ह्याम र वर्नेमाउथविरुद्वको खेल गुमाउनेछन् ।