काठमाडौं । नागर्जुन नगरपालिका वडा ५ को ‘बी’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ५ ‘बी’ ले वडा ७ ‘सी’ लाई ५–१ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि मनीष खड्काले २ तथा पारस बस्नेत, सुजन कार्की र सञ्जय पुटुवारले १–१ गोल गरे ।
अर्को खेलमा वडा १ ले वडा ३ लाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।