बिर्तामोड । पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफमा पछि परेको अवस्थालाई उल्टाउँदै सिक्किमले दोस्रो हाफमा तीन गोल गरेको हो ।
सुरुवाती पहिलो मिनेटमै किरण लिम्बुले गोल गर्दै बेलबारीले खेलमा अग्रता लिएको थियो ।
सिक्किमका लागि ६४ औ मिनेटमा रोहन राईले बराबरी गोल फर्काए । त्यसको तीन मिनेट पछि उनैले सिक्किमको अग्रता दोब्बर बनाएका थिए ।
बेलबारीका भुषण लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो बार च्यापेका भुषणको प्रहारलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाउन सकेनन् ।
८० औ मिनेटमा करण राईले गोल गर्दै सिक्किमलाई महत्वपुर्ण जित दिलाए ।
खेलको म्यान अफ दी म्याच सिक्किमका रोहन राई घोषित भए ।
उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले १० हजार प्रदान गरे ।
भोली (मंगलबार) नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँग भिड्नेछ ।
जायोन स्पोर्टस् क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले साढे १२ लाख र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।