काठमाडौं । इरानमा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार इरान जाने नेपाली टोलीको विदाई गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरे ।
छनोट बुधबारबाट सुरु हुनेछ । नेपाल समूह 'डी' मा रहेको छ । नेपालको समूहमा आयोजक इरान,युएई र किर्गिस्तान रहेको छन् ।
नेपालले नोभेम्बर ६ (बुधबार) युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल घरेलु टोली इरानसँग ८ नोभेम्बर र अन्तिम खेलमा १० नोभेम्बरमा किर्गिस्तानको सामना गर्नेछ ।
समूहको शीर्ष टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।
छनोटका लागि मुख्य प्रशिक्षक मेघ राज केसीले शनिबार २३ सदस्सीय टिमको घोषणा गरेका थिए ।
प्रशिक्षक केसीले टिमका मुख्य खेलाडी मानिएका व्रिजेश चौधरी, राष्ट्रिय टिमको क्लोज क्याममा समेत रहिसकेको नितिन थापा तथा शिशिर लेखीलाई टिमबाट बाहिर राखेका छन् ।
नेपाली टिम :
गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन
मिडफिल्डर : दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन
फरवार्ड : मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर