एजेन्सी । इटालियन क्लब ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार भएको छ ।
इटालियन सिरी 'ए' लिग अन्तर्गत आइतबार राति हेलास भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई दुर्व्यवहार भएको हो ।
भेरोनाको घरेलु मैदानमा विपक्षी टिमका समर्थकले उनलाई दुर्व्यवहार गरेका थिए । जसको कारण खेल केहि समय रोकिएको थियो ।
भेरोनाका समर्थकले बादरको जस्तो आवाज निकाल्दै बालोटेलीलाई जिस्काएका थिए ।
विपक्षी समर्थकको दुर्व्यवहारपछि बालोटेलीले ५४ औं मिनेटमा बल टिपेर समर्थकतर्फ प्रहार गरेका थिए । र, मैदानको पिच बाहिर निस्किएका थिए ।
उनलाई पुन: मैदानमा फर्काउन ब्रेसियाका खेलाडीलाई समय लागेको थियो । उक्त खेलमा भेरोनाले २-१ को जित निकालेको थियो । बालोटेलीले एक गोल समेत फर्काएका थिए ।
