एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
शनिबार भएको खेलमा युनाइटेड एफसी बर्नेमाउथसँग उसैको मैदानमा १-० गोल अन्तरले पराजित भएको हो ।
बर्नेमाउथलाई जित दिलाउन जोसुवा किङले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए ।
बर्नेमाउथको मैदानमा बाल पोजिसनमा पकड जमाएपनि युनाइटेडले गोल गर्न सकेनन् ।

जितसँगै बर्नेमाउथले ११ खेलबाट १६ अंक जोडेको छ । बर्नेमाउथ छैटौं स्थानमा उक्लिएको छ । १३ अंक जोडेको युनाइटेड आठौं स्थानमा छ ।
