एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ ।
लिगमा शनिबार साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड, सेभिया लगायतका क्लबले खेल्दैछन् ।
लिग लिडर समत रहेको बार्सिलोनाले लेभान्टेको सामना गर्दैछ । लेभान्टेको मैदानमा हुने खेल राति ८:४५ मा सुरु हुनेछ ।
बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ । २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
लेभान्टेलाई हराउँन सके बार्सिलोनाले शीर्ष स्थानको अग्रता कायम राख्नेछ ।
यता, लेभान्टे बार्सिलोनालाई स्तब्ध बनाउदै अंक तालिका सुधार गर्न चाहन्छ । लेभान्टे १४ अंक जोडेर ११ औं स्थानमा छ ।
उपाधि दाबेदार क्लब रियलले घरेलु मैदानमा रियल बेटिसको सामना गर्नेछ । रियल सहज जित निकाल्दै शीर्ष स्थानको बार्सिलोना दबाब बढाउन चाहन्छ ।
दोस्रो स्थानको रियलले २१ अंक जोडेको छ । रियल बार्सिलोना भन्दा मात्र १ अंकले पछि रहेको छ । बेटिस १२ अंक जोडेको लिगको १६ औं स्थानमा छ ।
अर्को खेलमा सेभियाले एट्लेटिको मड्रिडसँग घरेलु मैदानमा खेल्नेछ । त्यस्तै स्पानियोल र भ्यालेन्सियाबीच पनि प्रतिस्पर्धा हुनेछ ।