एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा शनिबार साविक विजेता म्यान्चेस्टर सिटी, लिग लिडर लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी लगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिग लिडर लिभरपुलले एस्टन भिल्लाको सामना गर्दैछ । एस्टनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार रति ८:४५ मा सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जित निकाल्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ । १० खेलमा अपराजित लिभरपुलले २८ अंक जोडेको छ ।
यता, एस्टन घरेलु मैदानमा आश्चर्य जनक नतिजा हात पार्ने चाहन्छ । लिगमा ११ अंक जोडेर १५ औं स्थानमा रहेको एस्टन जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
साविक विजेता सिटीले घरेलु मैदानमा साउथह्याम्पटनको सामना गर्नेछ । सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको लिभरपुलविरुद्ध दबाब बढाउन चाहन्छ । दोस्रो स्थानको सिटीको २२ अंक रहेको छ ।
युनाइटेडले बर्नेमाउथसँग उसैको मैदानमा खेल्नेछ । यस्तै आर्सनलले घरेलु मैदानमा वुल्भ्सको सामना गर्नेछ ।
चेल्सीले वाट्फोर्डसँग उसैको घरेलु मैदानमा खेल्नेछ ।
लिग अन्तर्गत नै अन्य खेलमा ब्राइटन र नर्विच, सेफिल्ड र बर्नली तथा वेष्ट ह्याम र न्युकासलबीच प्रतिस्पर्धा हुनेछ ।