एजेन्सी । जमैकाका राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तारानिया क्लार्कको हत्या भएको छ ।
जमैकाको राजधानी किंग्सटनमा छुरा प्रहारबाट मिडफिल्डर क्लार्कको हत्या भएको हो ।
जमैका प्रहरीले मोबाइल फोनको विषयमा झगडा हुँदा एक महिलाले उनलाई छुरा प्रहार गरेको जनाएको छ ।
उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको जनाएको छ । छुरा प्रहार गर्ने महिलालाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ ।
२० वर्षे मिडफिल्डर क्लार्कले ओलम्पिक छनोट अन्तर्गत गत सेप्टेम्बरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । डेब्यु खेलमै उनले गोल गरेकी थिइन् ।
क्लार्क वाटरहर्स एफसीबाट जमैकन महिला लिग खेल्दै आएकी थिइन् ।