काठमाडौं । युथ हसन्टार क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा १९ पुरुष टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष विश्वकर लामाले जनाएका छन् ।
विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
अनुशासित टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ ।
कात्तिक ३० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु हसन्टार फुटबल मैदानमा खेलाइने छ । प्रतियोगिता नकआउट आधारमा हुने छ ।