एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले सहज जित निकालेको छ ।
बिहिबार भएको खेलमा गेटाफेले ग्रानडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एन्जल रोड्रिगेजको गोलबाट ३५ औं मिनेटमा गेटाफेले अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा माउरो अरम्बररीले गोल गर्दै गेटाफेलाई २-० को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा एन्टोनियो पुएर्टसले गोल गर्दै ग्रानडालाई खेलमा फर्काउन कोशिस गरे । तर, खेलको ८० औं मिनेटमा डेभिड टिमोरले गोल गर्दै गेटाफेलाई ३-१ को जित दिलाए ।
जितसँगै गेटाफेले ११ खेलमा १६ अंक जोडेको छ । गेटाफे लिगको नवौं स्थानमा छ ।
यो हारसँगै ग्रानडाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको ग्रानडाको २० अंक रहेको छ ।
अर्को खेलमा इबरले भिल्ला रियललाई २-१ ले हराएको छ । मलोर्का र ओसासुनाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।