एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा मिलानले एसपीएललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा सुसोले निर्णायक गोल गरे ।

जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेको छ । र, यस सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको मिलान लिगको दशौँ स्थानमा उक्लिएको छ ।
एसपीएल १० खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
