एजेन्सी । डच क्लब फेएनुर्डले मुख्य प्रशिक्षकमा डिक एड्भोकाटलाई नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक जाप स्टामले राजीनामा दिएपछि फेएनुर्डले एड्भोकाटलाई सिजनको अन्त्य सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो ।
एड्भोकाटसँग इन्ग्लिश क्लब सन्डरल्याण्ड र रेन्जर्सको टिम हेरेको अनुभव रहेको छ ।
यस सिजन लिगमा खराब प्रदर्शन कायम रहेपछि स्टामले मंगलबार राजीनामा दिएका थिए ।
फेएनुर्डले आइतबार मात्र आयाक्सको हातबाट ४-० को हार व्यहोरेको थियो ।
फेएनुर्डले पछिल्लो ११ लिग खेलमा मात्र ३ जित निकालेको छ । फेएनुर्ड लिगको १२ औं स्थानमा रहेको छ ।