एजेन्सी । काराबाओ कप फुटबलको क्वाटरफाइनल 'ड्र' सार्वजनिक भएको छ ।
इन्ग्लिश फुटबल एसोसिएसनले बिहिबार क्वाटरफाइनलको ड्र सार्वजनिक गरेको हो ।
क्वाटरफाइनल ड्र अनुसार शीर्ष डिभिजन क्लबलाई सहज प्रतिद्वन्दी परेको छ ।
लिग लिडर लिभरपुलले क्वाटरफाइनलमा एस्टन भिल्लाको सामना गर्नेछ ।
म्यानचेस्टर सिटीले लिग वान क्लब अक्स्फोर्ड युनाइटेडसँग खेल्नेछ ।
यस्तै म्यानचेस्टर युनाइटेडले कोल्चेस्टर युनाइटेडसँग खेल्नेछ ।
अर्को क्वाटरफाइनलमा एभर्टन र लेष्टर सिटीले प्रतिस्पर्धा गर्नेछन् ।