एजेन्सी । इटालियन मिडफिल्डर मार्को भेराट्टीले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौतामा नवीकरण गरेका छन् ।
भेराट्टीले पीएसजीसँग थप तीन वर्ष क्लबमै रहने गरि नयाँ सम्झौता गरेका छन् । सम्झौतासँगै भेराट्टी सन् २०२४ सम्म पीएसजीमा रहने छन् ।
२६ वर्षीय भेराट्टी सन् २०१२ मा पीएसजी आएका थिए । उनले क्लबबाट २९० खेल खेलेका छन् ।
पीएसजीबाट भेराट्टीले ६ पटक फ्रेन्च लिग, ४ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च लिग कप जितेका छन् ।