एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो चरणको खेलमा बोरुसिया मोन्चेनग्लाडवाचलाई २-१ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले तेस्रो चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो । खेलको ७१ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मोन्चेनग्लाडवाचलाई अग्रता दिलाएका थिए ।
तर, तीन मिनेट भित्र जुलियन ब्रान्टले दुई गोल गर्दै डर्टमण्डलाई जित दिलाए ।

खेलको ७७ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा जुलियनले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
अर्को खेलमा वुल्फबर्गलाई ६-१ ले पराजित गर्दै आरबी लिपजिगले तेस्रो चरणको यात्रा तय गरेको छ ।
