एजेन्सी । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार रति भएको खेलमा चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा पुगेको हो ।
चेल्सीको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्डले दुई गोल गरे ।
चेल्सीका मिसी बात्सुईले एक गोल फर्काए ।

स्टामफोर्ड ब्रिजमा खेलको २५ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा बात्सुईले गोल गर्दै घरेलु टिमलाई १-१ को बराबरीमा फर्काए ।

तर, खेलको ७३ औं मिनेटमा राष्फोर्डले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।
काराबाओ कप अन्तर्गत नै अर्को खेलमा एस्टन भिल्लाले वुल्भ्सलाई २-१ ले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
