स्विटोलिना डब्लूटीए फाइनल्सको सेमिफाइनलमा
बुधबार, कार्तिक १३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविकको विजेता एलिना स्विटोलिना चीनमा जारी डब्लूटीए फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बुधबार भएको खेलमा सिमोना हालेपलाई ७-५ र ६-३ ले पराजित गर्दै स्विटोलिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
युक्रेनी स्विटोलिना डब्लूटीए फाइनल्सको सेमिफाइनलमा पुग्ने पहिलो खेलाडी समेत बनेकी छिन् ।
स्विटोलिना समूह चरणको एक खेल बाँकि रहदै सेमिफाइनल पुगेकी हुन । पराजित हालेपको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।
हालेपले अन्तिम खेलमा कारोलिना प्लिस्कोभासँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








