एजेन्सी । काराबाओ कप फुटबलको प्रि-क्वाटरफाइनलमा आज (बुधबार) राति दुई इन्ग्लिश क्लब लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।
लिभरपुल र आर्सनलबीचको खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । खेल नेपाली समय अनुसार राति १:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनल पुग्न चाहन्छ । प्रिमियर लिगमा अपराजित लिभरपुल आर्सनललाई घरेलु मैदानमा सहजै हराउँन चाहन्छ । तर, कठिन प्रतिद्वन्दी आर्सनलविरुद्ध लिभरपुललाई कठिनभने हुनेछ ।
यता, आर्सनल पनि घरेलु टोलीलाई स्तब्ध बनाउदै क्वाटरफाइनलको यात्रा तय गर्ने योजनामा हुनेछ । निकै शानदार प्रदर्शन गरिरहेको लिभरपुललाई हराउँन आर्सनललाई त्यति सहज भने छैन ।
अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल चेल्सीको घरेलु मैदानमा हुनेछ ।
चेल्सी घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाएर क्वाटरफाइनल पुग्न चाहन्छ । चेल्सीलाई घरेलु मैदान र समर्थकको समेत साथ रहनेछ ।
यता, युनाइटेड पनि घरेलु टोलीलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ ।
काराबाओ कप अन्तर्गत नै एस्टन भिल्ला र वुल्भ्सबीच समेत खेल हुनेछ ।