एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (बुधबार) राति विभिन्न पाँच खेल हुँदैछ ।
लिगमा बुधबार उपाधि दाबेदार रियल मड्रिड, सेभिया, भ्यालेन्सिया, रियल सोसीडाड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
रियलले घरेलु मैदानमा सहज प्रतिद्वन्दी लेगानेसको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । रियल जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउन चाहन्छ ।
लेगानेसलाई पराजित गरेमा रियल लिगको दोस्रो स्थानमा उक्लने छ र बार्सिलोनासँगको अंक दुरी १ अंकमा झार्ने छ ।
छैटौं स्थानको रियलले १८ अंक जोडेको छ । लिग लिडर बार्सिलोनाको २२ अंक रहेको छ ।
लेगानेस पनि रियललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहनेछ । लेगानेस ५ अक जोडेर पुछारमा रहेको छ ।
यस्तै अन्य खेलमा सेभियाले भ्यालेन्सियासँग उसैको मैदानमा खेल्नेछ । रियल सोसीडाडले घरेलु मैदानमा लेभान्टेको सामना गर्नेछ ।
त्यस्तै सेल्टा भिगो र रियल बेटिस तथा एथलेटिको बिल्बाओ र स्पानियोलबीच खेल हुनेछ ।