एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बुल्गेरिया फुटबल एसोसिएसनलाई कारबाही गरेको छ ।
युरोकप छनोट अन्तर्गत घरेलु मैदानमा इंग्ल्याण्डका खेलाडीलाई रंगभेदीय दुर्व्यवहार भएपछि बुल्गेरियालाई यूईएफएले कारबाही गरेको हो ।
कारबाहीस्वरूप बुल्गेरियाले अबको दुई खेल रंगशाला बन्द गरेर समर्थकविना खेल्नुपर्ने भएको छ । यस्तै एक समर्थकलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।
त्यस्तै यूईएफएले बुल्गेरियालाई ७५ हजार युरो जरिवाना गरेको छ ।
गत असोजमा इंग्ल्यान्डले बुल्गेरियामाथि ६-० को जित निकाल्दा इंग्ल्याण्डका खेलाडीलाई बुल्गेरिया समर्थकले रंगभेदीय दुर्व्यवहार गरेका थिए ।
खेलको दौरान बुल्गेरियाका समर्थकले इंग्ल्याण्डका काला वर्णका खेलाडीलाई लक्षित गर्दै रंगभेदीय दुर्व्यवहार गरेका थिए ।
बुल्गेरिया समर्थकले नाजी सलुट र बादरको आवाज निकाल्दै विपक्षि टिमका खेलाडीलाई गिज्याएका थिए । जसको कारण दुई पटक खेल रोकिएको थियो ।
इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार भएपछि अध्यक्ष बुल्गेरिया फुटबल युनियनका अध्यक्ष बोरीस्लाभ मिहाय्लोभले पदबाट राजिनामा समेत दिएका थिए ।
यस्तै प्रहरीले आधा दर्जन बढी समर्थकलाई पक्राउ गरेको थियो ।