एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको यू-१७ राष्ट्रिय महिला फुटबल टिमलाई फुटबल बुट उपहार पठाएका छन् ।
युरो २०२० छनोटको एलाइट चरणमा पुगेपछि रोनाल्डोले यू-१७ महिला टोलीलाई फुटबल बुट पठाएका हुन् ।
रोनाल्डोले यू-१७ महिला टोलीको सपना साकार बनाउन फुटबल बुट उपहार पठाएको बताएका छन् ।
खेलाडीलाई फुटबल जुत्ता पठाउदै रोनाल्डोले भनेका छन्, 'मैले तपाईहरुलाई ड्रिम स्पिड बुट पठाएको छु । आशा छ यसलाई तपाईहरुको सपना पुरा गर्न मद्दत गर्नेछ ।'
छनोट अन्तर्गत लात्भियालाई ४-० ले पराजित गर्दै पोर्चुगल एलाइट चरणमा पुगेको थियो ।
