एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमविरुद्धको खेलमा चोट बोकेका लिभरपुलका फरवार्ड मोहमद सलाह प्रशिक्षणमा फर्किएका छन् ।
आइतबार राति टोटेनहमविरुद्धको २-१ को जित निकाल्दा चोट बोकेका सलाह सोमबार भएको टिमको प्रशिक्षणमा आएका छन् ।
चोटका कारण सलाहले टोटेनहमविरुद्ध पुरै समय मैदानमा बिताएका थिएनन् । सलाह खेलको ८५ औं मिनेटमा सब्सिच्युड भएका थिए ।
टोटेनहमविरुद्ध सलाहले पेनाल्टीमा गोल समेत गरेका थिए ।
घरेलु मैदानमा चोट बोकेपछि सलाह केहि दिन मैदान बाहिर रहन सक्ने अनुमान गरिएको थियो । तर, उनको चोट सामान्य रहेको र उनि मैदान उत्रन पूर्ण रुपमा फिट रहेको बताईएको छ ।