काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा हार व्यहोरेको छ ।
यस सिजन खराब प्रदर्शन गरिरहेको जकार्ता सोमबार भएको खेलमा पर्सिब बन्डुङसँग २-० ले पराजित भएको हो ।
घरेलु टिम पर्सिबलाई जित दिलाउन फ्रेट्स र एजेचिलले एक एक गोल गरे ।
पर्सिबविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
यो हारसँगै जकार्ताले २३ खेलमा २४ अंक जोडेको छ । साविकको विजेता समेत रहेको जकार्ता यस सिजन लिगको १४ औं स्थानमा छ ।
पर्सिब ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।